Logo

प्रमुख समाचार

‘सरकार सञ्चालनमा नयाँ समीकरण’ : कांग्रेस प्रवक्ता महत



नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राष्ट्रपति निर्वाचनपछि नयाँ सत्ता समीकरण बन्ने संक्रेत गरेका छन् । राष्ट्रपतिको उम्मेदवारमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै महतले राष्ट्रपति निर्वाचनले नयाँ सत्ता समीकरणको ढोका खोलेको टिप्पणी गरेका हुन् ।

‘सत्ता समीकरणको विषय अहिलेसम्म प्रवेश नगरे पनि राष्ट्रपतिको उम्मेदवारी मनोनयनले नयाँ सत्ता समीकरणको ढोका खोलेको छ ।

अहिले नयाँ सत्ता समीकरणका बारेमा छलफल भएको छैन, तर, निश्चित लक्ष्यका साथ अघि बढ्नुपर्ने भएकाले सरकार सञ्चालनमा नयाँ समीकरण बन्नसक्छ, त्यस विषयमा विस्तृत छलफल हुन्छ,’ प्रवक्ता महतले भने ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार ०७:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।