Logo

प्रमुख समाचार

रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक, राष्ट्रपति निर्वाचनबारे छलफल



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न सोमबार बैठक बस्न लागेको रास्वपा नेता दीपक बोहराले जानकारी दिए । अहिलेसम्म कसलाई समर्थन गर्ने भनेर निर्णय नभएकाले दुबैतिर छलफल भईरहेको छ, उनले बताए । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन् ।

कांग्रेस उम्मेदवार पौडेलले शनिबार नै रास्वपा सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । ‘अहिलेसम्मको घटनाक्रम हेर्दा एमाले उम्मेदवारलाई समर्थन हुन्छ होला । तर अहिले नै यसै भन्न सकिँदैन’ उनले बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आईतवार ११:४१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।