Logo

अर्थ

सिन्सियर सहकारीले भन्यो– हामी टाट पल्टिने अवस्थामा छैनौं



काठमाडौं । सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभले आफू टाट पल्टिने अवस्थामा नरहेको दाबी गरेको छ । केही दिनअघि अनलाइपनामा ‘थोत्रा ट्याक्सीमा गरेको करोडौं लगानीका कारण टाट पल्टिँदै सिन्सियर को–अपरेटिभ’ शीर्षकमा समाचार प्रकाशन भएको थियो ।

तर त्यसको खण्डन गर्दै सिन्सियरले आफ्नो वित्तीय अवस्था ठिकठाक नै रहेको जिकिर गरेको हो । सिन्सियरका कार्यकारी संचालक राजेश खड्काका अनुसार संस्थाले आफ्नो सेवालाई उच्च प्राथमिकतामा राख्दै काठमाडौं उपत्यकामा नै एउटा अब्बल सहकारीको रुपमा कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७९, मंगलवार १८:४३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।