Logo

प्रमुख समाचार

लोसपा र उन्मुक्तिले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै



लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

लुम्बिनीका लोसपाका प्रदेश सभा सदस्य सन्तोषकुमार पाण्डेयले सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्यअनुरूप भोलिको प्रदेश सभा बैठक अगाडिन नै समर्थन फिर्ता लिने जानकारी दिए । उनले केन्द्रमा बनेको आठ दलीय गठबन्धनको सरकार बनाउन समर्थन फिर्ता लिन लागिएको बताए ।यसैगरी, नागरिक उन्मुक्ति पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको बुझिएको छ ।

नेकपा माओवादी केन्द्रले भने तत्काल समर्थन फिर्ता नलिने भएको छ । माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले आफूहरू राष्ट्रपतिको निर्वाचनसम्म कुर्ने रणनीतिमा रहेको बताए ।

लुम्बिनीमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा), लोसपा र दुई स्वतन्त्र सांसदसहित ५८ सांसदहरूको समर्थनमा एमालेका लिला गिरी मुख्यमन्त्री बनेका थिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार ०८:५६   :  बजे

327
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।