Logo

अन्तर्वार्ता

एनआईसी एशिया बैंककाे लुटाहा प्रवृत्ति नरोकिए सडकमा आगो बल्छ: सुशिल बस्नेत [अन्तर्वार्ता]



पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट पीडित हुनेहरुको संख्या बढ्दो छ । बैंकमा रहेका ग्राहकको खाताबाट रकम गायव पारेकोदेखि चर्को ब्याज असुलेको, ब्याज तिर्दातिर्दा ऋणि सुकुम्बासी बनेको तथा धितो लिलामीमै बैंकले किर्ते गरेको घटनाहरु दिनहुँजसो बाहिरिने गरेका छन् । बैंक तथा वित्तीय संस्थाबाट पीडित हुने धेरैमध्येका एक हुन्– सुशिल बस्नेत । विगतमा पनि पटक पटक विवादमा मुछिँदै आएको एनआईसी एशिया बैंकले आफूलाई ठगेको उनले बताउँदै आएका छन् । उनका अनुसार एनआईसी एशियाले १४ करोड ऋणको बद्ला दुई अर्बको सम्पत्ति हडपेको छ । यसबारे बस्नेतसँग कुराकानीको गरिएको छ । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश :

तपाईँ आफूलाई बैंक तथा वित्तीय संस्था पीडित भन्नुहुन्छ, खासगरी कुनबाट पीडित हो ?

एनआईसी एशिया बैंक, जसले धेरै नेपालीहरुलाई सडक छाप र बर्बाद बनाएको छ । आत्महत्या गर्नेसम्म पोजिसनमा पुर्‍याएको छ । एनआईसी एशिया बैंकले मारवाडी बैंक भएकै कारण यिनीहरुले कम्प्रमाइज नगर्ने खाल्का परे । नेपालीहरुको प्राईम लोकेसनको अर्बौं रुपैयाँको सम्पत्ति दशबाह्र करोडमै खाइदिने खाल्को यिनीहरुको प्लान छ । यीनलाई कसलो चाहिँ फ्रेमाइज गरेको छ ? राष्ट्र बैंकले पनि कन्ट्रोलर भएको हुनाले हेर्नु पर्थ्यो । मुख्य समस्या भनेको एनआईसी एशिया बैंकको हो । यो समस्या चाहिँ व्यापक छ । धेरै मान्छे सडकमा आएका छन् ।

एनआईसी एशिया बैंक र तपाईँबीचको मुख्य समस्य के त ?

हाम्रो मुख्य समस्य भनेको सुधिर बस्नेतको २१/२२ वटा प्रोजेक्ट हाउजिङ, त्यसमध्ये धापासी हाइड प्राईम लोकेसनमा उसले पाँच÷छ वटा बिल्डिङ बनाएको छ । २४/२५ रोपनी कम्पाउण्डभित्र बनाउँदै थियो । बिजनेसमेनलाई काम गर्दा गर्दै कहिले काहीँ समस्या भएर लोन लिनुपर्ने हुन्छ । त्यसपछि १४ करोड ऋण लिएको एनआईसी एसियाबाट । नेपालको समस्या कहिले राजनीतिक समस्य, कहिले के–कहिले के । यो सबै समस्याले गर्दा डामाडोल भइदियो । त्यहीबेला प्लेन पनि दुर्घटना भइदियो । त्यो ब्याटलक पनि हो एउटा कुरा । फेरि त्यहीबेला फाईनान्समा क्र्यास आयो ।

१४ करोड लोन लिएको एनआईसी एशिया बैंकसँग । पैसा तिरिरहेकै थियौं, तिर्दा तिर्दै पनि सुधिरलाई जेल पठाइदियो । जेल बसेका बेलामा बैंकले बदमासी के गर्यो भने धितो राखेको सबै प्रोपर्टी आफ्नो नाममा ल्यायो । जेलबाट निस्केर सुधिरले आफ्नो सम्पति फर्ता पाउँ भनेको थियो । एनआईसीले तीन/चार चोटी त भेट्नै चाहेन । पछि भेटे पछि अब हामी यो प्रोपर्टी फिर्ता गर्दैनौं भनेर भन्यो ।

यो बैंकमा मारवाडी सञ्चालकहरुको गुन्डागर्दी र दादागिरी छ । मैले मात्र भनेको हैन यो सबैले भन्छन् । मैले भोगेको कुरा भन्छु, म यिनीहरुमा एउटा अहम् छ । सुधिरले बैंकको पैसा तिर्दित भनेको त थिएन, पैसा तिर्छु, मेरो सम्पत्ति फिर्ता गर । म तिमिहरुको पैसा तिर्छु भन्दा खेरी बैंकले मानेन । १४ करोडमा दुई अर्बको सम्पत्ति खाईदिन खोज्यो एनआईसी एशियाले । हामीले सर्वोच्च अदालतमा मुद्दा पनि हाल्यौं । त्यो मुद्दा पनि यिनीहरुले आफ्नो पकेटमा नआइन्जेल नआउने भएकाले २४-२५ पटक सारे । अहिले पनि विचाराधीन छ ।

तपाईँले दुई अर्बको सम्पत्ति बैंकले हडपेको भन्नुभयो । बैंकले कहाँ–कहाँको के–के हडप्यो ?

धापासी हाइडमा २४ रोपनी जग्गामा ३३ करोड रुपैयाँ लगानी गरेर चार पाँच वटा सात आठ तले बिल्डिङ बनाइएको छ । कम्पाउन्ड घेरेको छ । तपाईँ आफै हिसाब गर्नुस् न, एक आनाको जग्गाको अहिले कति पर्छ ? १४ करोड ऋणमा यत्रो खान मिल्छ ? म पैसा तिर्छु मलाई मेरो सम्पत्ति फिर्ता देउ भन्दा नदिने ? यो कस्तो दादागिरी हो ?

सम्बन्धित निकायसँग हारगुहार गर्नु भएन ?

अनेक गरेको यत्रो समय । तर राष्ट्र बैंक मौन बस्ने, सरकार मौन बस्ने । अस्ति प्रेम आचार्यले जसरी आत्म हत्या गरे, त्यसैगरी गराउन खोज्जे नेपालीहरुलाई ? बुझ्नु पर्दैन ? हैन बैंकको पैसा तिर्देनतिर्ने भन्या भए एउटा कुरा । दुवै पक्ष बसेर तेरो आफ्नो लेना कति हो हिसाब गर, छिनाफान गर भन्दा नहुने । सुधिर बस्नेतले तिर्दैन भनेर भनेको त छैन नी ! तिर्छु मेरो सम्पत्ति फिर्ता गर, मलाई टाईम देउ तिम्रो कति पैसा हो सावाँ ब्याज म तिर्छु भनेको हो नि ।

त्यो प्रपोटि माडेहरुलाई मन पर्या छ भने पनि करेन्ट मूल्यमा हिसाब गरेर कति आउँन्छ त्यसको भ्यालुएसन गरेर कति हुन्छ सावाँ ब्याज लिए अरु अरु पैसा फिर्ता गर्न भन्ने हाम्रो भनाइ हो । हामीले पनि त्यत्रो वरेन्टलका मान्छेलाई तिर्नु पर्यो, त्यो बुकिङकर्तालाई तिर्नु पर्यो र लगानी गरेको कैयौं मान्छेहरू छन्, सधैँभरी मान्छेहरू घर घेरा गर्न आइरहेको हुन्छ । कति पीडा सहेर बस्ने ? एनआईसीले दादागिरी गर्ने ? गुन्डागर्दी गर्ने ?

उसो भए के एनआईसी एसियासँग राष्ट्र बैंक, सरकार सबैको मिलेमतो रहेछ ?

न अदालत बाट न्याय पाईन्छ, न यता बाट पैसा पाईन्छ । राष्ट्र बैंकले कुन निकाय छ त्यो निकाय बसेर सलट्याउनु पर्छ । सात आठ हजार मान्छे पीडित निस्किन्छ । कुनै पनि बैंक भनेको समस्या परेको बेला पनि साथ दिनु पर्छ, बलेको आगो मात्र ताप्ने हैन ।

बैंकको पछिल्लो प्रतिक्रिया के छ ? कुराकानी त भइरहेकै होला ?

बार बार कति चोटी भेट्न गए नि यिनीहरुको त नियतै खराब । पिए हामारे पकेटमें है, अदालत हामरे पकेटमें है । के गर्या यार हाम्को भनेर यस्तो भन्छन् । तपाईँ आफू गएर हेर्नु त्यो प्रोपर्टी कति एमाउन्टको छ । बैंकले कति अन्याय गरेको छ भने छक्लङ्गगै भैहाल्छ नि । के मागेको छ त सुधिरले ? बाबा तिर्छु १३/१४ करोडको सावाँ ब्याज कति हुन्छ तिर्छु भन्दा नि नहुने । त्यो प्रापर्टी मन पर्या छ भन्ने पाँच दश करोड तलमाथि गरेर पनि दिन तयार छौं । तर यसलाई सल्टाउनु पर्यो । मान्छेलाई जबर्जस्ती त गर्नु भएन नि ! नेपालमा गुन्डाराज्य गर्ने यी माडेहरु आएर हाम्रो बाउ बाजेले यो देशको लागि धेरै गरेको छन् । यो देशमा स्याक्रिफाइस गरेका छन् ।

हिजो छिरेका मारवाडीहरुले नेपालीहरुलाई सखाप बनाउने ? भोलि कसैले हेरिराख्नु, यहीँ ताल हो भने भोलि सडकमा कयौं मान्छेहरु निस्कन्छन् । बैंकहरुले यो बेला होस् पुर्याएनन् सडकमा आगो बल्छ । अहिले पनि एनआईसि एशिया केही पनि कुरा गर्न चाहँदैन । नेगोसिएसनमा आओ न भन्दाखेरी मुद्दा चलिराहा छ भनेर कुरै गर्न चाहँदैन । एक नम्बर बदमास छ सन्चालक । उनीहरुको घमण्ड के छ भने सब प्रशासन मेरो पकेटमा छ, मैले जे चाहेँ त्यही हुन्छ भन्ने पर्या छ उनीहरुलाई ।

माडे–माडे मात्र भन्नुहुन्छ, बैंकका सीईओ रोशनकुमार न्यौपानेलाई चाहिँ कुन रुपमा चिन्नुहुन्छ ?

बैंकमा आए पछि म्यानेजरको काम भनेकै म्यानेज गर्ने हो । म्यानेजरले आफ्नो हाकिमहरुलाई पनि कसरी यो समस्या बजारमा आयो रिसर्च गरेर भन्ने हो । यो प्रोपर्टी यसरी हडप्नु हुँदैन, किन भने यसमा धेरै मान्छेहरु इन्भल्ब छन् । त्यत्रो बुकिङ कर्ताहरु छन् । वरेन्टल कर्पोरेटका मान्छेहरु छन् भनेपछि सधैँ १४/२० जना गाईड राखेर त्यहाँ यो प्रोब्लेम सल्भ हुँदैन त्यसैले प्रेजेन्टेसन गर्नुपर्यो ।

सीईओ न्यौपानेबाट त्यस्तो भइरहेको छैन ?

१५/२० जना गाईड राखेर त्यसको बाउको सम्पत्ति जस्तो गरेर हडपेर बस्ने ? त्यत्रो जनतालाई बिजोक बनाउने सात–आठ हजार मान्छेहरुको पैसा लगानी भाको छ त्यहाँ । नेपालीलाई मार्न खोज्ने, आत्महत्या गर भन्ने ? कैयौं मान्छेले घर घेरा गर्न आइरहेका हुन्छन् । त्यो सहेर बस्ने कतिनजेल ?

उसो भए मारवाडीहरुको हातमा सीईओ न्यौपाने छन् कि सीईओ न्यौपानेको हातमा मारवाडीहरु ?

उही हो । उनीहरु नै जानुन् । उसको अब माडेहरुको म्यानेजर भएपछि उसले जे भन्छ बढ्ता कुरा नगर भन्यो होला, के भन्यो होला ।

बैंकहरुका कारण तपाईंले आगो बल्दै छ भन्नुभयो, यो हुन नदिन कुन पक्षले के गर्नुपर्छ ?

निभाउने भनेको राष्ट्र बैंकले गर्नु पर्छ । जस्तै इन्स्योरेन्स कम्पनीलाई बिमा समितिले कन्ट्रोल गर्छ । कन्ट्रोलबडी भनेको बिमा समिति हो । बदमासी गर्यो भने भोलि बिमा समितिले समात्छ । यस्तो गर्न मिल्दैन । यस्तो भयो भनेर लाइसेन्स क्यान्सिल गर्दिन्छ । त्यो एक्सन लिन नि दम हुनु पर्छ । सिरियस नेपालीहरु धेरै सुसाइट गर्छन् । किन भने पैसा तिर्न सक्दैन, घरमा मान्छे घर घेर्न आउँन्छन्, पैसाले पैसाले भनेर भन्यो भने के हुन्छ त हालत त्यसको ?

भिडियाे

याे पनि…

गम्भीर अपराधमा मुछिएको एनआईसी एशिया सीआईबीको निगरानीमा, राष्ट्र बैंक मुकदर्शक

प्रकाशित मिति : फाल्गुन २०, २०७९ शनिबार  ५ : ३० बजे

28.59k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।