Logo

कोशी प्रदेश

नामाकरणको खुसीयालीमा काेशी प्रदेशमा आज सार्वजनिक बिदा



विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश राख्न सफल भएको खुसीयालीमा प्रदेश सरकारले आज सार्बजनिक बिदा दिएको छ । बुधबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश १ को नाम कोशी पारित भएको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निणर्य गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको सूचना अनुसार प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरू आज बन्द रहनेछन् ।

बुधबार दुई तिहाइ बहुमतले प्रदेश १ काे नामकरण काेशी प्रदेश गरिएको थियो । प्रदेश १ को नाम कोशी प्रदेश कायम गरियोस् भनि प्रस्ताव रामबहादुर रानाले राखेको प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेको हो । ६ जना अनुपस्थित भएका हुन् ।

प्रकाशित मिति : १८ फाल्गुन २०७९, बिहीबार ०७:३९   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।