Logo

जनप्रतिनिधि

रास्वपा सांसद श्रेष्ठले मागिन सरकारी यातायातका सबै साधनहरुको विवरण



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले नेपाल सरकारले खरिद गरेका यातायातका सबै साधनहरुको तथ्यांक माग गरेकी छिन ।

गएको बुधबार मितिमा सांसद श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपाल सरकारले खरिद गरेका यातायातका साधनसम्बन्धी साधनको प्रकार, खरिद मिति, खरिद मूल्य, कुन विभाग, कार्यालय वा निकायका लागि खरिद गरिएको भन्ने सम्पूणर् विवरण खुलेको सूचना माग गरिएको पत्र बुझाएकी छिन ।

पत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपाल सरकारले खरिद गरेका सम्पूर्ण प्रकारका यातायातका साधनको तथ्यांक भए उपलब्ध गराउन र नभएको खण्डमा भएजति तथ्यांक संकलन गरी उपलब्ध गराउन माग गरिएको छ । पत्रमा सवारी साधन सम्बन्धी केन्द्रीकृत तथ्यांक प्रणलीको स्थापनामा जोड दिइएको छ ।

सांसद श्रेष्ठले नीतिगत कानून तथा विद्येयकहरु छलफल गर्न फेसबुकमा विद्येयक मन्थन समूह (ग्रुप) समेत बनाएर संसदमा छलफल हुने विद्येयकबारे आम नागरिकसँग पनि राय लिने र विद्येयक संशोधनमा समेट्ने गरेकी छिन । उनको यो कार्यबाट नीति नियम बनाउने ठाउँमा सर्वसाधारणको सम्बन्धित विषयको राय, सुझाब समेत समेटिने गरिएको छ ।

प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार  १२ : ५२ बजे

186
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।