Logo

अन्तर्राष्ट्रिय

भारतमा जारी जी-२० विदेश मन्त्रीहरूको बैठकमा युक्रेन युद्धको छाँया



काठमाण्डाै। जी-२० शिखर सम्मेलन नजिकिँदै गर्दा सम्मेलनकाे तयारीका लागि युक्रेन युद्ध बाधक बनेको छ । युक्रेन युद्धलाई लिएर भारतको बैंलोर शहरमा जी-२० देशमा आवद्ध वित्त मन्त्रीहरूको मन्त्रीस्तरिय बैठकमा समापन बक्तव्यसमेत जारी हुन सकेन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जी-२० का विदेश मन्त्रीहरूलाई युक्रेन युद्धलाई लिएर आफ्नो विभाजन हटाउन र विकासशील विश्वका आवश्यकताहरूमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन्।

“हामी गहिरो विश्वव्यापी विभाजनको समयमा भेटिरहेका छौं। यस कोठामा नभएकाहरूप्रति हाम्रो जिम्मेवारी छ,“ उनले दिल्लीमा मन्त्रीहरूलाई भने।

भारत ग्लोबल साउथ भनेर चिनिने विकासोन्मुख देशहरूको मुद्दा उठाउन आफ्नो जी-२० अध्यक्षता प्रयोग गर्न चाहन्छ। तर युक्रेन युद्धका कारण जी-२० समूहभित्र हुनसक्ने विभाजनले भारतीय कूटनीतिको परीक्षा गर्नेछ।

गत हप्ता, भारतको बैंलोर शहरमा जी-२० देशमा आवद्ध वित्त मन्त्रीहरूको मन्त्रीस्तरिय बैठकमा समापन बक्तव्यबारे सहमति हुन सकेको थिएन । जी-२० को लागि यस वर्षको अन्तमा शिखर सम्मेलनको लागि दौडमा रहेको उक्त पहिलो मन्त्रीस्तरीय बैठकको निश्कर्ष दिन युक्रेन युद्धको विषयले असहज बनाएको छ।

यो समूह भित्र युक्रेन युद्धबारे ‘स्थितिको विभिन्न मूल्याङ्कन’ उल्लेख गरिएको मुख्य सारांश जारी गर्न भारतलाई छोडिएको थियो। बिहीबारको परराष्ट्रमन्त्रीको वार्तामा पनि यस्तै विषयले बाधा पर्ने सम्भावना छ ।
युक्रेन युद्धले भारतको जी-२० महत्वाकांक्षामा छाया पारेको छ। जी-२०, जसमा विश्वका १९ धनी राष्ट्रहरू र युरोपेली संघ समावेश छन्। जी-२० ले विश्वव्यापी आर्थिक उत्पादनको ८५ प्रतिशत र यसको जनसंख्याको दुई तिहाइ हिस्सा ओगटेको छ।

रुसका सर्गेई लाभरोभ, अमेरिकाका एन्टोनी ब्लिन्केन, चीनका किन ग्याङलगायत परराष्ट्रमन्त्रीहरू बैठकका लागि दिल्लीमा छन् ।

प्रकाशित मिति : फाल्गुन १८, २०७९ बिहीबार  २ : १९ बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।