नेपाली कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन ५ वर्ष नै टिक्ने बताएका छन् । राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले धोका नदिने बताएका हुन् ।
गठबन्धन गरेरै चुनावमा गएकाले ५ वर्ष नै गठबन्धन बचाउनुपर्ने महामन्त्री थापाले बताए ।
गठबन्धन तोड्न अहिले पनि केही तत्व लागेको उल्लेख गर्दै उनले भने, ‘कांग्रेससँग धेरै चकचक गर्न नआए हुन्छ। यो गठबन्धन पाँच वर्ष नै टिक्छ। कांग्रेसले धोका दिँदैन । कांग्रेसले दिएको वचन पूरा गर्छ ।
यो संसद्लाई जोखिममा जान दिँदैनौं । गठबन्धन गरेर चुनावमा गएपछि अब पाँच वर्ष त्यो गठवन्धन बचाउन पर्छ। कि गठबन्धन गर्नु हुन्न थियो अब यसलाई पटकपटक तोड्न मिल्दैन । वचन फेर्न मिल्दैन ।’
त्यस्तै राष्ट्रपति चुनावमा मत बदर हुँदा लाजमर्दो हुने भन्दै मतदातालाई फोटो भएको ठाउँमा स्वस्तिक छाप लगाउन पनि उनले आग्रह गरे ।




















प्रतिक्रिया