नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनका लागि माओवादी केन्द्रले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अगामी राष्ट्रपति निर्वाचनमा निर्वाचित गराउने बताएका छन् ।
१२ बुँदे शान्ति सम्झौता प्रकियालाई टुगोंमा लगाउन त्यसका हस्ताक्षरकर्ताहरु मिल्न जरुरी रहेको बताउँदै माओवादीले राष्ट्रपतिमा कांग्रसका उम्मेद्वार पौडेललाई जिताए शान्ति प्रक्रियाका बाँकी कामहरु गर्न सहज हुने बताए ।
विराटनगरको कार्यक्रममा बोल्दै महराले भने, ‘गणतन्त्रको रक्षा र शान्ति प्रक्रियाको पूर्णताका लागि रामचन्द्र पौडेल नै उपयुक्त पात्र हुन् ।
यस्तै, उनले गणतन्त्रको रक्षा सबैको दायित्व रहेको पनि बताए ।
‘हामीले ल्याएको गणतन्त्रभित्र हाम्रै सरकारमा बसेर गणतन्त्रको विरोध, राज्य संरचनाको विरोध, धर्मनिरिपेक्षताका विरोधीतत्वहरुले संविधान नै उल्टयाउने काम गरिरहँदा एमालेसँगको पछिल्लो दुई महिनाको सहकार्य ज्यादै सकसपूर्ण रह्यो’ उनले भने ।




















प्रतिक्रिया