Logo

प्रमुख समाचार

एकैपटक उपनिर्वाचन गर्ने तयारी



निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित भएर खाली हुने निर्वाचन क्षेत्र र चितवन- २ मा एकैपटक उपनिर्वाचन गर्ने तयारी गरेको छ ।

आइतबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले चितवन निर्वाचन क्षेत्र नम्बर २ र राष्ट्रपति तथा उपराष्ट्रपति पदमा निर्वाचित सांसदको रिक्त रहेको पदका लागि एकैपटक उपनिर्वाचन गर्ने तयारी गरेको जानकारी दिए ।

‘आगामी फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ को उपराष्ट्रपति निर्वाचनबाट निर्वाचित सांसदको पद रिक्त भएपछि खाली हुने निर्वाचन क्षेत्र र चितवन- २ मा एकैपटक उपनिर्वाचन गर्ने तयारी आयोग गरिरहेको छ,’ उनले भने, ‘तीनवटा निर्वाचन क्षेत्रमा एकैपटक उपनिर्वाचन गर्दा थप निर्वाचन सामग्री खरिद गर्नुपर्दैन ।

मतपत्र छपाइ र कर्मचारीलगायत लागि एक निर्वाचन क्षेत्रमा करिब दुई करोड खर्च हुने अनुमान गरेका छौं ।’ यसअघि आयोगले चितवन – २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार ०७:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।