Logo

प्रमुख समाचार

ओलीको बोलीप्रति सरकारको आपत्ति



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाल सरकारले आपत्ति जनाएको छ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले विदेशलाई विद्यालय स्थापना गर्न दिन थालेको अध्यक्ष ओलीले एक कार्यक्रममा बताएका थिए । अध्यक्ष ओलीको सोही अभिव्यक्तिप्रति सरकारले आपत्ति जनाएको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री तथा सूचना मन्त्री रेखा शर्माद्धारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले विद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री र नेपाल सरकारलाई आक्षेप लगाउने गरी तथ्यहीन रूपमा यस्ता विषय श्रृंखलाबद्धरूपमा सार्वजनिक हुनु दुःखद छ । परराष्ट्र नीतिमाथि आँच पुर्‍याउने गरी यस्ता अभिव्यक्ति आउनु उपयुक्त होइन ।’

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार ०९:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।