Logo

प्रमुख समाचार

राँके जुलुससहित राष्ट्रपति भवन अगाडि घन्कियो गणतन्त्र बिरोधी नारा



काठमाडौं । गणतन्त्रपछिको चौथो राष्ट्रपति चुनावको पूर्वसन्ध्यामा राष्ट्रपति शितल निवास अगाडि गणतन्त्र धोका हो भन्ने नारा लागेको छ ।

दर्जनौ प्रदर्शनकारीले राँके जुलुससहित राष्ट्रपति कार्यालय बाहिर राष्ट्रपति धोका हो भन्ने नारा लगाएका छन् । दुर्गा प्रसाईँ र राजावादी मोर्चाले राष्ट्रपति भवन अगाडि राँके जुलुस प्रदर्शन गर्दै गणतन्त्रको बिरोध गरेका छन् ।

भोलि हुने राष्ट्रपतिको निर्वाचनलाई लक्षित गर्दै राजसंस्था पक्षधरहरले बिरोध गर्दै राके जुलुस निकालेका हुन् । ‘गणतन्त्र धोका हो, राजतन्त्र जिन्दावाद’ भन्दै युवाहरुले केहि समय राष्ट्रपति कार्यलयकै मुल गेटमा नाराबाजी समेत गरेका थिए । जुलुसको नेतृत्व दुर्गा प्रसाईंको अभियानका आभियानकर्ता सतिश पोखरेलले गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार २१:२३   :  बजे

276
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।