काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई पक्राउ गरिपाऊँ भन्दै परेको रिटमा बेन्च बस्न नपाएको उल्लेख गरेको छ ।
मंगलबार अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जनासहितले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ विरुद्ध दायर गरेको रिटको सुनुवाईँ आज तोकिएको थियो । रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको थियो। उक्त इजलासले हेर्न नभ्याउने जनाएको सर्वोच्चको वेबसाइटमा उल्लेख छ।

द्वन्द्वकालीन मुद्दालाई लिएर प्रधानमन्त्री प्रचण्डलाई पक्राउ गरी आवश्यक कारबाही गर्न आदेश माग गर्दै अधिवक्ता आरण र रामेछापका कल्याण बुढाथोकीले कात्तिकमा दिएको रिट सर्वोच्च प्रशासनले बदर गरे पनि गत शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरिकृष्ण फुयालको इजलासले दर्ता गर्न आदेश दिएको थियो। मंगलबार आरणलगायतले प्रचण्डविरूद्ध अनुसन्धान गर्न माग गर्दै रिट दर्ता गरेका थिए।
अध्यक्ष समेत रहेका प्रचण्डले ०७६ को माघी पर्वको अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित कार्यक्रममा आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बताएका थिए। माओवादी सशस्त्र द्वन्द्वका क्रममा १७ हजार मारिएको भनिए पनि त्यो तथ्यांक गलत भएको भन्दै उनले ५ हजारको जिम्मा आफू लिन सक्ने बताएका थिए।




















प्रतिक्रिया