Logo

प्रमुख समाचार

नेकपा एमाले सचिवालय बैठक आज बस्दै



नेकपा एमालले सचिवालय बैठक आह्वन गरेको छ । एमालेले भोलि (शनिबार) बिहान ९ बजेका लागि सचिवालय बैठक डाकेको हो ।

ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय मुख्यालयमा बस्ने बैठकमा उपराष्ट्रपतिको उम्मेदवार तय गरिने उपमहासचिव एवम् प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

उक्त बैठकमा उपराष्ट्रपतिको उम्मेदवारीसँगै बिहीबार भएको राष्ट्रपति निर्वाचनबारे पनि समीक्षा गर्ने बताइएको छ ।

उपराष्ट्रपतिका लागि निर्वाचन आयोगले शनिबार उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार ०८:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।