नेपालमा आज कोरोना संक्रमणबाट थप १८ जनाको ज्यान गएको छ । यो सहित ज्यान गुमाउनेको संख्या ७५७ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा जानकारी दिए ।
मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा कोरोनाको महामारी बरलाग्दो गरी बढेका बेला आज २३ सय ८८ जनामा संक्रमणको पुष्टि भएको छ । जसमध्ये काठमाडौँमा २००८, भक्तपुरमा ९९ र ललितपुरमा २८१ जनामा संक्रमणको पुष्टि भएको छ ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ३७९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आजसम्म देशभर ४०७७८ सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आज २३३५ जना संक्रमणमुक्त भएका छन् । यो सहित देशभर ९४५०१ जना संक्रमणमुक्त भएका छन् ।




















प्रतिक्रिया