Logo

जनप्रतिनिधि

स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन मेयर शाह बेलायत प्रस्थान



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह स्वस्थ्य सहर शिखर सम्मेलनमा भाग लिन बेलायत प्रस्थान गरेका छन्।

गए राति उनी त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायत प्रस्थान गरेको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ। मेयर शाहसँगै स्वास्थ्य सल्लाहकार डा. जगदिश अग्रवाल, वडा २४ का अध्यक्ष बिनोद राजभण्डारी र स्वकीय सचिव भुपदेव शाह पनि बेलायत गएका छन्।

उनले उपमेयर सुनिता डंगोललाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिएका छन्। मेयर बालेन चैत ५ गते स्वदेश फर्किने कार्यक्रम छ।

प्रकाशित मिति : फाल्गुन ३०, २०७९ मंगलबार  ११ : १२ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।