हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने भएका छन् । बैठक दिउँसो १ बजे बोलाइएको छ ।
गत बुधबार बोलाइएको बैठकमा नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि स्थगित भएको बैठक आज बोलाइएको हो ।
नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले संघीय सरकारमा गठबन्धन फेरिए पछि पुन: विश्वासको मत लिन लागेका हुन् । गठबन्धन दलको समर्थनमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउने देखिएको छ । सरकारको नेतृत्व र सहभागिताको विषयमा आन्तरिक छलफल गरेर अघि बढाउनुपर्ने कांग्रेसको माग छ ।
यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । उनलाई १०५ जना सांसदले विश्वासको मत दिएका थिए । बागमती प्रदेशसभामा ११० जना सांसद छन् ।





















प्रतिक्रिया