Logo

कर्णाली प्रदेश

मुलुकको विकास र समृद्धिमा प्रेसको भूमिका महत्वपूर्ण



कर्णाली । कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले मुलुकको विकास र समृद्धिमा प्रेस जगत्को महत्वपूर्ण भूमिका रहेको बताएकी छन् ।

प्रदेशसभा सचिवालयले गरेको पत्रकार भेटघाट कार्यक्रममा सभामुख गुरुङले प्रेस जगत् लोकतन्त्रको विकास र सुदृढीकरणको महत्वपूर्ण पक्ष भएको जनाइन् । उनले पत्रकार र संसदबीचको सम्बन्ध नङ र मासुकोजस्तो भएको बताइन् । कर्णाली भूगोल, शिक्षा र स्वास्थ्यका हिसाबले पछि परेको बताउँदै यहाँको विकासमा सबै सरोकारवालालाई जिम्मेवार बनाउन सञ्चार क्षेत्रले असल पहरेदार भएर काम गर्नेमा विश्वस्त रहेको उनको भनिन् ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले संसदीय गतिविधि सम्प्रेषणमा पत्रकारको योगदान महत्वपूर्ण छ भने । पछिल्लो समय प्रदेशसभा सचिवालयमा विधेयक दर्ता नभएको जनाउँदै सचिव बुढाथोकीले कार्य व्यवस्था परामर्श समितिसहित चारवटा विषयगत समितिको पनि गठन हुन नसक्दा काम कारबाही नदेखिएको बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार १०:४९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।