काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले आफ्नो पार्टीका सभापतिविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्न दलका सदस्यलाई छुट नभएकाे बताएका छन् ।
नेपाल तरुण दल काभ्रे जिल्ला कार्यसमितिद्वारा आज आयोजित बृहत् तरुण भेला कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले नेपाल तरुण दलमा आबद्ध हुने हरेक सदस्यले आफ्नो पार्टीका जिल्ला सभापति एवम् केन्द्रिय सभापतिविरुद्ध सामाजिक सञ्जालमा लेख्ने छुट नभएको कुरा बताएका हुन् ।
यदि आउने दिनहरुमा तरुण दलका सदस्य अनुशासनमा नरहे कसैलाइ नसोधी पदकाे जिम्मेवारीबाट हटाउने कुरा बताए ।काभ्रे भ्रष्टाचार कम्युनिस्ट नेताको जिल्ला भनेर बाहिर सुनिदै आएको कुरा बताउँदै अध्यक्ष गुरुङले उक्त जिल्ला कृषिमुखी जिल्ला भएको कुरा बताए ।
यहाँ उब्जेका तरकारीहरु काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा पुगेका छन् । यहाँ उब्जेको कृषिजन्य सामाग्रीहरु बजारमा फैलाउन तरुणहरुलाई अग्रसर हुन आग्रह गरे । कार्यक्रम भव्य रुपमा आयोजना गरेकोमा नेपाल तरुण दल काभ्रे जिल्ला अध्यक्ष एवम् कार्यसमिति र उपस्थित तरुणहरुलाई नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले धन्यवाद दिए ।




















प्रतिक्रिया