Logo

प्रमुख समाचार

कांग्रेसमा ‘टेष्टेड’लाई होइन, ‘फ्रेस’लाई मन्त्री बनाउनुपर्छ : सांसद् बजगाईँ



नेपाली कांग्रेस सांसद् राजेन्द्र बजगाईँले कांग्रेसले मन्त्री बनाँउदा पटकपटक मन्त्री भएकालाई फेरि मौका दिन नहुने बताएका छन् ।

उनल मिडियासँग कुरा गर्दै उनले कांग्रेसमा यसपटक नयाँ र युवा अनुहारले अवसर पाउनुपर्ने आवाज रहेका बताएका हुन् । ‘अरु पार्टीले नयाँलाई अबसर दिइरहेका छन् । कांग्रेसबाट पूरानालाई मन्त्रिपरिषद्मा पठाउँदा नयाँ पार्टीमा गएको युवा आकर्षण कांग्रेसले फर्काउन सक्दैन,’उनले भने ।

कांग्रेसइतर निकट मानिने बजगाईँको नाम पनि कांग्रेसबाट मन्त्रीको आकांक्षीका रुपमा चर्चामा छन् । कांग्रेसबाट मन्त्री कसलाई बनाउने भन्ने बिषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गरिरहेका छन् ।

इतर समूहले पनि गठबन्धनबाट कांग्रेसले पाउने मन्त्रालयमध्ये महाधिबेशनको मतअनुसार ४० प्रतिशत हिस्सेदारी आफूले पाउनुपर्ने भन्दै छलफल गरिरहेको छ । बिहिबार नेता डा। शेखर कोइरालाले आफूनिकटको भेला बोलाएर पछिल्लो अबस्थाबारे नेताहरुसँग परामर्श गरेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार २०:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।