काठमाडौं । नेपाली कांग्रेसले चार जनालाई मन्त्री बनाउने भएको छ । पार्टीभित्र भागवण्डा नमिलेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चार जनाको मात्रै नाम प्रधानमन्त्रीलाई दिएका हुन् ।
अर्थमन्त्री प्रकाशशरण महत बन्ने भएका छन् । यस्तै रमेश रिजाल उद्योग, रक्षामन्त्री पूणबहादुर खड्का, सहरी विकास मन्त्री सीता गुरुङ बन्ने भएकी छन् । कांग्रेसले पाउने अरु मन्त्रालयबारे अझै टुंगो लागेको छैन ।
कांग्रेसले ८ मन्त्रालय पाएको छ । तर शेखर कोइराला समूहले दुई मन्त्री स्वीकार नगर्ने बताएपछि बाँकी मन्त्रीहरुको नियुक्ति रोकिएको छ ।




















प्रतिक्रिया