Logo

प्रमुख समाचार

सभामुख घिमिरेले महाअभियोग सामना गर्नुपर्ने ओलीको संकेत



नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभामुख देवराज घिमिरेविरुद्ध सत्ता गठबन्धनका दलहरुले महाअभियोग ल्याउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आज (बिहिबार) एमाले निकट पेशागत महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले गठबन्धन दल र सरकारले जे पनि गर्न नसक्ने बताएका हुन् । उनले गठबन्धन दलमा कुनै लाज शरम नभएकोसमेत उनले टिप्पणी गरे ।

अहिलेको सत्ता गठबन्धनले निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग ल्याउन खोजेपनि त्यो असफल भएको उनले स्मरण गरे । अहिलेको सरकारले सभामुखविरुद्ध महाअभियोग ल्याउने सम्भावना उच्च रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार ०९:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।