Logo

कर्णाली प्रदेश

कर्णाली सरकारबाट बाहिरियो एमाले



अन्ततः लामो रस्साकस्सीपछि नेकपा एमाले नेकपा (माओवादी केन्द्र) नेतृत्वको कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको प्रदेश सरकारमा एमालेका तीन मन्त्री रहेका छन् ।

एमालेबाट कर्णाली सरकारमा सहभागी आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल छन् ।

गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रकाशित मिति : चैत्र २७, २०७९ सोमबार  ८ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।