काठमाडौं । सभामुख देवराज घिमिरेको सरकारी निवास बालुवाटारमा ३ ठूला दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् ।
यसैगरी एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने पनि बैठकमा सहभागी छन् । महान्यायधिवक्ता दीनमणि पोखरेल र पूर्वमहान्यायाधिवक्ता रमेश बडाललाई पनि बैठकमा बोलाइएको छ ।
बैठकमा संक्रमणकालीन न्याय निरूपण (टीआरसी)सहितका अन्य विधेयकका बारेमा छलफल भइरहेको छ । यसअघि गत शनिबार सभामुख घिमिरेको सिंहदरबारस्थित कार्यकक्षमा तीन शीर्ष नेताहरूको बैठक भएको थियो ।




















प्रतिक्रिया