Logo

स्वास्थ्य

२४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु



नेपालमा पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यसअघि आइतबार १८ जनाको मृत्यु भएको थियो। गत २४ घण्टामा ३ हजार ९३ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ। कुल संक्रमितमध्ये ४१ हजार ७ ७५ सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा १३ हजार ८६१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा कुल पिसिआर परीक्षणको संख्या १३ लाख १४ हजार ७७९ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ हजार २२० जना क्वारेन्टाइनमा छन्।

प्रकाशित मिति : कार्तिक ४, २०७७ मंगलबार  ५ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।