Logo

अर्थ

उद्योग वाणिज्य महासंघको निर्वाचन : मतदान समयावधि दुई घण्टा थप



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि बुधबार मतदान भइरहेको छ । बिहान ढिला गरी सुरु भएका कारण मतदान समयअवधि दुई घण्टा थप गरिएको छ । बिहान आठ बजेदेखि सुरु हुने भनिएको मतादान कार्यक्रम बिहान १० बजे सुरु भएकाले साँझ ६ बजेसम्म समय थप गरिएको हो ।

महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेकाले निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयनका लागि निर्वाचन भइरहेको हो । महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल ३० चैतदेखि स्वतः महासंघको अध्यक्ष बन्नेछन् ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार १६:२९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।