Logo

प्रमुख समाचार

रवीन्द्र मिश्रकाे भन्छन्- संघीयता घाँडो भो भन्ने अनि संघीयतावादीलाई भोट हाल्ने, यसरी पनि बन्छ देश ?



काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले एमसीसी पारित गर्नेहरुलाई भाेट नहाल्न आग्रह गरेका छन् । गलत काम गरेका कारण ती नेताहरुकाे आलाेचना गर्ने तर पुन: ती नेताहरुलाई नै भाेट हालेर देश नबन्ने उनकाे तर्क छ ।

सामाजिक संजालमा आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि भाेट अपिल गर्दै नेता मिश्रले यस्ताे टिप्पणी गरेका हुन् । ‘हिन्दू राष्ट्र चाहिन्छ भन्ने — धर्म निरपेक्षतावादीलाई भोट हाल्ने। संघीयता घाँडो भो भन्ने — संघीयतावादीलाई भोट हाल्ने। एक हजार राजाभन्दा एउटै राजा ठिक भन्ने — गणतन्त्रवादीलाई भोट हाल्ने। MMC पारित गर्नेलाई गाऊँ पस्न दिन्ने भन्ने — MCC पारित गर्नेलाई भोट हाल्ने। भ्रष्टाचारले देश खत्तम भयो भन्ने — भ्रष्टाचारीलाई भोट हाल्ने। अनि, देश बर्बाद भयो भन्दै छोराछोरी विदेश पठाउने।’, उनले प्रश्न गरेका छन्, ‘यसरी पनि देश बन्छ?

देश बनाउन मतदाताको ‘भावना’ र ‘कर्म’मा समानता हुनुपर्ने उनले बताएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार १३:५०   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।