Logo

जनप्रतिनिधि

धरानमा सांसद्हरुलाई निषेध गर्ने मेयर हर्कको चेतावनीमा बालेनको समर्थन



धरान उपमहानगरपालिकाका मेयर हर्क राईले कोशीको पानी धरान ल्याउने प्रोजेक्टमा बजेट नपरे धरानमा सांसद्हरुलाई निषेध गर्ने चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमार्फत मेयर राईले भनेका छन् -‘यसपालिको बजेटमा कोशीको पानी ल्याउने प्रोजेक्ट परेन भने माननीयज्यूहरूलाई धरानमा निषेध गरिनेछ १ तल तीनकुने मै बोर्ड राखिनेछ फोटो सहित को ! ख्याल नठान्नु होला ! यो फेसबुक चलाउने मान्छे धरानको नगर प्रमुख हो भन्ने नभुल्नु !’

राईको यो अभिव्यक्तिमा काठमाडौँ महानगरका मेयर बालेन शाहले पनि समर्थन जनाएका छन् । राईको स्ट्याटसमा शाहले लेखेका छन् -‘पूर्ण समर्थन, गर्ने नै यही हो ।’

प्रकाशित मिति : ३ बैशाख २०८०, आईतवार ०९:१९   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।