Logo

टिप्पणी

सिंहदरबार लक्षित मेयर हर्कको व्यंग्य : जायज माग राखेर बालेनजीले फोहोर उठाउँदिन भन्नु भो !



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साङपाङ)ले सिंहदरबारको फोहोर नउठेको विषयमा व्यंग्य गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै मेयर साङपाङले सिंहदरबारको फोहोर श्रमदानबाट उठाउदा हुने तर्क गरेका छन् । उनले काठमाडौंका मेयर बालेन्द्र शाहले जायज माग राखेर फोहोर नउठाएको भन्दै मेयर हर्कले बालेन्द्रको बचाउ पनि गरेका छन् । उनले फोसबुकमा लेखेका छन्, ‘विभिन्न जायज माग राखेर बालेन जी ले सिंहदरबाको फोहोर उठाउँदैनौं भन्नु भो ! अब त्यहाँ भित्र फोहोर सफा गर्न श्रमदान हुन्छ होला । …………………..’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले विभिन्न मागहरु राख्दै गएको एक हप्तादेखि सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयको फाहोर नउठाउन आदेश दिएका थिए । मेयरको आदेश लगत्तै यी स्थानहरुको फोहोर उठेको छैन । सरकारले बार्तामार्फत समस्याको समाधान गर्ने भने पनि अहिलेसम्म समस्याको समाधान हुन सकेको छैन ।

प्रकाशित मिति : बैशाख ३, २०८० आईतबार  ५ : ५७ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।