Logo

प्रमुख समाचार

वडा अध्यक्षहरुले बैठक बहिष्कार गर्दा मेयर हर्कलाई ‘सकस’



काठमाडौं । धरान उपमहानगरपालिकामा कार्यपालिकाको बैठक बस्न सकेको छैन।

मेयर हर्कराज राईको सहायक स्वकीय सचिव सुदर्शन लिम्बूले वडा अध्यक्षहरुलाई ठाडो पत्र पठाएर योजनाहरुको प्रगति विवरण मागेको विषयलाई लिएर कार्यपालिकाको बैठक बस्न नसकेको स्रोतले अनलाइनपानालाई जानकारी दिएको छ। गएको केही हप्ताअघि सहायक स्वकीय सचिवले वडाअध्यक्षहरुलाई पत्र पठाएर ग्रगति विवरण मागेका थिए ।

वडा अध्यक्षहरुले उक्त कार्यप्रति बिरोध जनाउँदै मेयर हर्कराज राईले माफी माग्नुपर्ने माग गर्दै आएका छन् । मेयर राईले भने आफूले माफी माग्ने विषय नभएको बताएपछि वडा अध्यक्षहरुले कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् । तीनजना वडा अध्यक्षहरुले भने मेयर राईलाई सहयोग गरिरहेका छन्।

२० वटा वडा रहेको धरान उपमहानगरपालिकामा ४, १३ र १४ वडाका अध्यक्षहरुले मेयर राईलाई सहयोग गरिरहेको र बैठकमा पनि उपस्थित भएको स्रोतले अनलाइन पानालाई जानकारी दियो । अन्य वडाअध्यक्षहरुले भने कार्यपालिकाको बैठक बहिष्कार गरेका छन् । उनीहरुले मेयर राईले माफी नमागेसम्म बैठकमा सहभागी नहुने बताएका छन् ।

कार्यपालिकाको बैठक नबस्दा सडक निर्माण, खानेपानी, शिक्षालगायतका विषयमा तत्काल गरिसक्नु पर्ने काम अड्किएको छ। मेयर राईले बैठकमा उपस्थित हुन वडा अध्यक्षहरुलाई सामाजिक सञ्जालमार्फत अपील गरिरहेका छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १२:१५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।