Logo

प्रमुख समाचार

निजामती कर्मचारीलाई अख्तियारमा पठाउन हुँदैन : रास्वपा श्रेष्ठ



कठमाडौं । सञ्चारमन्त्री रेखा शर्माले सदनमा प्रस्ताव गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संसोधन विद्येक माथि छलफल गर्दै रास्वपा सांसद सुमना श्रेष्ठले निजामती कर्मचारीलाई अख्तियारमा पठाउन नहुने बताइन ।

उनले नीतिगत भ्रष्ट्राचारको कुनै परिभाषा अख्तियारको कारबाहीमा नसमेटिएको पनि बताइन । उनले भनिन्, ‘नीतिगत भ्रष्ट्राचारलाई हेर्ने कुनै संयन्त्र छैन ।’

‘अख्तियारमा पठाउन पूर्वाग्रह नराखी काम गर्ने खोज खोजी मान्छे ल्याउनुपर्छ’, सुमना श्रेष्ठले भनिन । उनले महत्वपूर्ण मुद्वा अख्तियारले तामेलीमा राखेको भन्दै असन्तुष्टि व्यक्त गरिन । ‘तामेलीमा कुनै मुद्वा किन राखिन्छ । त्यसको कारण चाहिन्छ’, उनले भनिन्, ‘सबै समितिले कारबाही गर भनेर पठाएको मुद्दा अख्तियारले किन तामेलीमा राख्छ ?

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार १५:१५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।