Logo

प्रमुख समाचार

रामचन्द्रजीलाई राष्ट्रपति बनाएँ, गोविन्द भट्टराई पनि रामचन्द्रजत्तिकै योग्य : देउवा



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको उपनिर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेद्‍वार रहेका गोबिन्द भट्टराई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल जत्तिकै योग्य भएको बताएका छन् ।

चुनावी सभालाई सम्बोधन गर्न बुधबार तनहुँ पुगेका सभापति देउवाले उपनिर्वाचनमा उम्मेद्‍वार रहेका भट्टराई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल जत्तिकै योग्य भएको बताएका हुन् ।

उनले भने, ‘देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम छैन । यो भानुको जिल्ला हो । तर अब यो राष्ट्रपतिको भूमि पनि भइसकेको छ । तपाईंहरूले रामचन्द्रजीलाई जिताएर पठाउनुभयो, मैले राष्ट्रपति बनाएँ, गोविन्द भट्टराई पनि रामचन्द्रजत्तिकै योग्य हुनुहुन्छ, उहाँलाई जिताएर पठाउनुहोस् । उहाँ पनि मन्त्री हुनुहोला ।’

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार ०९:४४   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।