Logo

जनप्रतिनिधि

सवारी दुर्घटनामा कीर्तिपुर नगरपालिका चार नम्बर वडाका अध्यक्षको मृत्यु



काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ।

सवारी दुर्घटनामा परेका अधिकारीको काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उपमेयर शुभलक्ष्मी शाक्यले जानकारी दिइन्। उनलाई चिकित्सकले आइतबार दिउँसो २ बजेतिर मृत घोषणा गरेका हुन्।

कीर्तिपुरको चम्पादेवी मन्दिरमा वैशाख १ गते लागेको मेलामा सरसफाई तथा व्यवस्थापनका लागि वडाध्यक्ष अधिरकारी त्यहाँ पुगेका थिए। त्यही दिन बिहान पौने १० बजेतिर कीर्तिपुर–४ पुष्पलाल पार्कस्थित ओरालोमा बा ८३ प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका अधिकारीको दिउँसो मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।

मोटरसाइकलमा ब्रेक नलागेपछि अनियन्त्रित भएर मोटरसाइकल ढुंगामा ठोक्किँदा वडा अधिकारीको साथमा रहका उनका साथी मनोज बुढाथोकीसहित उनी गम्भीर घाइते भएका थिए।

स्थानीयले उनीहरू दुबै जनालाई अचेत अवस्थामा फेला पारेर कीर्तिपुर अस्पताल पुर्याइएको थियो । कीर्तिपुरबाट सिटीस्क्यान गरेलगत्तै उनलाई अन्नपूर्ण अस्पताल लगिएको थियो। अधिकारी गत वर्ष भएको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष निर्वाचित भएका थिए।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १९:०३   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।