काठमाडोैं । काठमाडौंका मेयर बालेन्द्र साहले राजनीतिक दलसँग आवद्व संगठनले संस्थागत विद्यालय शाखामा लगाएको ताला तत्काल फोडेर उनीहरुको विरोधलाई विफल पारेको जनाएका छन् ।
हिजो महानगरले शिक्षा क्षेत्रमा राजनीति गर्न नहुने र कुनै पनि राजनीतिक दलसँग सम्बद्व दललाई शिक्षामा राजनीतिक नगर्न चेतावनी दिएको थियो । त्यसको विरोधमा काठमाडों महानगरपालिकाको संस्थागत विद्यालय शाखामा नेपाली कम्युनिष्ट क्रान्तिकारी विद्यार्थी यूनियन (क्रान्तिकारी)ले तालाबन्दी गरेको थियो । महानगरले विद्यालयमा राजनीतिक दल तथा भ्रातृ संगठनका कार्यक्रम नगर्न निर्देशन दिएपछि त्यसको विरोध गर्दै तालाबन्दी गरिएको हो ।
मेयर बालेनले लेखेका छन्, ‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पना सम्म गर्न सक्दैनौ। त्यस माथि पनि दलगत शैक्षिक सङ्गठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो। यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक सङ्गठनले ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौ ।





















प्रतिक्रिया