काठमाडौं । सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका अध्यक्ष र उपाध्यक्षले नै नीतिगत भ्रष्टाचार गरेको आरोप लागेको छ।
सार्वजनिक लेखा समितिका संयोजकले गाउँपालिका अध्यक्ष र उपाध्यक्षले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् । गोलञ्जोर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष समेत रहेका सार्वजनिक लेखा समिति अध्यक्ष दौलत कार्कीले विज्ञप्ति जारी गर्दै गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
गाउँपालिकाको बजेट मनपरी खर्च गरेको, नजिकका मान्छेलाई अनुदान सहायता निकासा गरेको, गाडीको इन्धन हाल्ने भन्दै दैनिक ट्याङ्कीको क्षमताभन्दा बढी इन्धनको पैसा गाउँपालिकाबाट लिएको, दैनिक भ्रमण भत्ता भन्दै मासिक ६० हजार र ४५ हजार मासिक भत्ता बुझेकोलगायतका आरोप लेखा समिति संयोजकले लगाएका छन् ।
गाउँपालिका अध्यक्ष र उपाध्यक्षले नयाँ गाडी खरिद गरेर पनि थप समान राख्न भन्दै २ लाख ५७ हजार र दुई लाख १७ हजार पैसा निकासाका लागि बील पेश गरेको तथ्य बाहिरिएको छ । गाउँपालिका अध्यक्ष शंकरराज बराल, गाउँपालिका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकार रहेका छन् । बराल नेकपा एमालेबाट अध्यक्षमा निर्वाचित भएका हुन भने न्यौपाने माओवादीबाट उपाध्यक्षमा निर्वाचित भएका हुन ।
याे पनि पढ्नुहाेस्
गोलञ्जोर गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा गाडी डेकोरेसन र इन्धनमै भ्रष्टाचार
प्रतिक्रिया