काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा बुधबार बुटवलबाट पक्राउ गरेका सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको हो ।
बिहीबार बिहान हवाई जहाजबाट काठमाडौँ ल्याइएसँगै प्रहरीले उनलाई म्याद लिनका लागि अदालतमा उपस्थित गराएको थियो ।
सोही घटनामा एमाले नेता रायमाझीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको थियो । प्रहरी अनुसन्धान थालेपछि रायमझीले फोन गरेर आफू उपस्थित हुन जानकारी गराए ।




















प्रतिक्रिया