Logo

अर्थ

आइएमई पेले क्यूआर भुक्तानीमा रिवार्ड प्वइन्ट दिने



काठमाडौं । आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड प्वइन्ट दिने भएको छ । ग्राहकलाई विद्युतीय तथा क्युआर भुक्तानी तर्फ प्रेरित गर्ने उद्देश्यका साथ यो व्यवस्था ल्याएको हो ।

यसै क्रममा ग्राहकलाई विद्युतीय तथा क्यूआर भुक्तानीतर्फ प्रेरित गर्ने उद्देश्यका साथ आइएमई पेले क्यूआर भुक्तानीमा रिवार्ड प्वइन्ट दिने भएको हो ।

उक्त भुक्तानी बाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड प्वइन्ट दिनेछ । रिवार्ड प्वइन्ट जुनसुकै किसिमको क्यूआर भुक्तानीमा समेत पाउन सकिनेछ ।

उक्त रिवार्ड प्वइन्ट कारोबर गर्दै जाँदा जोडिँँदै जानेछ र भविष्यमा ग्राहकले रिवार्ड प्वइन्ट रिडिम पनि गर्न सक्नेछन् ।

प्रकाशित मिति : बैशाख २४, २०८० आईतबार  ४ : ३३ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।