Logo

अर्थ

सामाजिक सुरक्षा भत्ता कटौती हुँदैन : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । मंगलबार राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको जबाफ दिने क्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् ।

‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन’ उनले भने, ‘हामीले बोलिसकेका कुराबाट पछि हट्दैनौं ।’ मन्त्री डा. महतले सरकारको सम्पूर्ण ध्यान मितव्ययितातर्फ केन्द्रित हुने र साधारण खर्च घटाउन केन्द्रित हुने पनि बताए । ‘सरकारको ध्यान अनावश्यक संरचना घटाउने, पुँजीगत खर्च प्रभावकारी बनाउनेतिर हुनेछ’ उनले भने ।

अर्थतन्त्र चलायमान बनाउने अहिले देखिएको निराशाको बादल अन्त्य गर्ने पनि अर्थमन्त्री डा.महतले बताए ।

प्रकाशित मिति : बैशाख २६, २०८० मंगलबार  ४ : ०० बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।