काठमाडौं । नेकपा एमालेले पार्टी सचिव टोपबहादुर रायमाझीले नक्कली शरणार्थी प्रकरणमा अनुसन्धन प्रक्रियालाई सघाउनुपर्ने निष्कर्ष निकालेको छ । पूर्व उपप्रधान एवं सांसदसमेत रहेका रायमाझीको नाममा पक्राउ पूर्जी जारी भएपछि उनी फरार छन् ।
आसन्न केन्द्रीय कमिटी बैठकको एजेन्डाबारे छलफल गर्न सोमबार पार्टी कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकमा यसबारे पनि छलफल भएको थियो । बैठकपछि प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टी सचिव रायमाझीको हकमा विधिको शासन मान्ने स्पष्ट पारे ।
‘कमरेड टोपबहादुर रायमाझीले जुन अनुसन्धानको सन्दर्भमा उहाँको नाम आएको छ । कानुन र विधिको शासन मान्ने पार्टी भएको हुनाले विधिपूर्वक का
- याे पनि…
प्रतिक्रिया