Logo

प्रमुख समाचार

अडियाेबारे सत्यतथ्य बाहिर ल्याउन माग गर्दै आरजुले दिइन साइबर ब्यूरोमा उजुरी



काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छिन ।

उनले नक्कली शरणार्थी प्रकरणमा आफ्नो नाम समेत जोडी कुराकानी गरिएको अडियोमा आफ्नो संलग्नता नरहेको भन्दै अडियोबारे अत्याधुनिक प्रविधिको प्रयोग गरी छानबिन गर्न माग गरेकी छिन् । उनले अडियो बनाउनेमाथि कडा कानूनी कारबाही गर्न माग पनि गरेकी छन् । त्यस्तै अडियो रेकर्ड कहाँ, कसले र के उदेश्यले रेकर्ड गरिएको हो भन्दै प्रश्न समेत गरेकी छन् । केही दिनअघिदेखि बालकृष्ण खाँडकी पत्नी र आरजु राणा देउवासमेत जोडिएको एक अडियो क्लीप बजारमा बाहिरिएको छ ।

२७ गते बैशाखमा उनले साइबर ब्यूरोमा निवेदन दर्ता गरेकी छन् भने त्यसको बोधार्थ, प्रधानमन्त्री कार्यालय, संसद सचिवालय, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा पनि गराएकी छन् । केही दिन अघि उनले प्रहरीमा निवेदन दर्ता गर्दै अडियो सार्वजनिक गर्ने एक अनलाइन मिडियालाई कारबाही गर्न माग गरेकोमा प्रहरीले उक्त मिडियाका संचालक तथा पत्रकारलाई पक्राउसमेत गरको छ । नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । पक्राउ पर्ने केही उच्च पदस्थ कर्मचारी र राजनीतिक व्यक्ति तथा पूर्व मन्त्रीसमेत रहेको छन् ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार २३:०१   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।