काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज दोहोरो अंकले उकालो लागेको छ । आज नेप्से परिसूचक मंगलवार २३.३९ अंकले बढेर १८४५.०१ बिन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.०० अंकले बढेर ३५२.९४ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २६६ कम्पनीको २५ लाख ७७ हजार २१० कित्ता सेयर किनबेच भएको छ । यसदिन ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँको कारोबार भएको छ ।
कुल १३ वटै उपसमूहको आज सेयर मूल्यमा हरियाली छाएको छ । आज कारोबार भएका कम्पनीमध्ये २८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २५ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ७ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।




















प्रतिक्रिया