काठमाडौं । काठमाडौं महानगरपालिकाले आइडिया बैंकका लागि आवेदन मागेको छ । चुनावी घोषणाअनुसारको प्रतिवद्वता पूरा गर्न तथा उद्यमशीलता प्रवद्वन गर्न आवेदन मागिएको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जानकारी दिएका छन् ।
उनले ‘आइडिया’ बैंकको विषय नीति तथा कार्यक्रममा पनि समावेश गरेका थिए । आइडिया बैंकमार्फत महानगराले उद्यमशीलता प्रवद्वन गर्ने जनाएको छ । कुनै नयाँ ‘स्टार्टअप’ सुरु गरेको तीन वर्षभन्दा कम भएका सबैले बालेले घोषणा गरेको आइडिया बैंकका लागि आवेदन दिन सक्नेछन् । आइडिया बैंकमार्फत अझ बढी प्रविधि तथा लगानी जुट्ने मेयर बालेनको विश्वास छ ।
मेयर बालेनले फेसबुकमा लेखेका छन्, ‘मेरो चुनावी घोषणापत्र तथा काठमाडौँ महानगरपालिकाको वर्ष २०७९।८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैङ्क कार्यक्रमको प्रमुख उद्देश्य दक्ष÷अदक्ष जनशक्ति , विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबसी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो। तपाइसँग आइडिया छ, तपाईँ महानगर भित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन , साथै तपाइ विद्यार्थी हुनुहुन्छ तपाइसँग महानगरको समस्या समाधानका व्यवसाय मुखी आइडिया छन् त्यसलाई व्यवसायमा परिणत गर्न चाहनुहुन्छ। कसरी त्यसको ‘बिजनेश प्लान’ बनाउने ‘इम्प्लिमेन्टेशन प्लान’ बनाउने ,कसरी लगानी जुटाउने त्यसमा यस कार्यक्रमले पूर्ण सहयोग गर्छ। विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी ५ वटा क्याटगोरीमा आवेदन माग गरिएको छ, तपाईँलाई उद्यमी बन्न कसैले रोक्न सक्दैन महानगर तपाइको साथमा छ यस कार्यक्रममा जोडिनका लागि यहाँ क्लिक गरी आजै आवेदन दिनुहोस् ।आवेदन दिने अन्तिम मिति २०८०।०२।१९ गते रहेको छ।
प्रतिक्रिया