काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम विरोधाभास रहेको बताएका छन् । आइबारबाट सुरु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले भने, ‘पाँचौं नम्बर बुँदामा सबै ठिकठाक छ भन्ने अनि गएर १४औंमा बेठिक छ । सबैतिर समस्या छ भन्ने’, उनले भने, ‘सरकारले देशको अवस्था नै नबुझेको हो कि ! बुझेर पनि जनतालाई नबुझान खोजेको हो कि !’
नीति तथा कार्यक्रममा उच्च अंकको आर्थिक वृद्धिदर हासिल गर्ने कुनै योजना नरहेको पनि ओलीको टिप्पणी छ । ‘यो नीति तथा कार्यक्रम नामको दस्तावेजमा उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने कुनै योजना छैन’, उनले भने, ‘समग्रमा यसमा उद्देश्य छैन, कहाँ पुग्ने गन्तव्य छैन । अनि कसरी जाने मार्ग चित्र छैन । मात्रै शून्य नीति यसमा छ ।’
यस नीति कार्यक्रमले देशलाई स्थायित्व दिन नसक्नुका साथै अग्रगमनको गतिमा डोराउन नसक्ने उनले बताए । यो नीतिले सदन र जनतालाई देशको यथार्थ जानकारी गराउने आँट नगरेको उनले बताए ।




















प्रतिक्रिया