काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको बैठक बस्दैछ । संघीय संसदका दुवै सदनको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
प्रतिनिधिसभा बैठक बिहान ११ बजे र राष्ट्रियसभा बैठक दिउँसो १ बजेपछि बस्दैछ । हिजोदेखी सुरू भएको छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता केपी शर्मा ओलीलगायतले धारणा राखेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
आज पनि सोही नीति तथा कार्यक्रम माथि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।




















प्रतिक्रिया