Logo

प्रमुख समाचार

नीति तथा कार्यक्रम कुन वर्ग, क्षेत्र र समुदायप्रति आकर्षित छ भन्नेमा अस्पष्ट : योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका सचिवसमेत रहेका सांसद योगेश भट्टराईले आगामी वर्षको नीति तथा कार्यक्रम अन्यौलपूर्ण रहेको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले नीति तथा कार्यक्रम कुन वर्ग, क्षेत्र र समुदायप्रति बढी आकर्षित छ भन्ने कुरा नै स्पष्ट नरहेको बताए ।

भट्टराईले अन्तर्राष्ट्रिय सम्बन्धको छाता ढल्किँदै गएको भन्दै यसलाई कतै पनि ढल्कन दिन नहुने बताए । ‘हामी हेर्दै छौं, अन्तर्राष्ट्रिय सम्बन्धको छाटा ढल्किँदै गएको छ’, भट्टराईले भने- ‘नेपालको सम्बन्ध कैतिर ढल्कनु हुँदैन । न उत्तरतिर न दक्षिणतिर ।’

उनले बजेट पुर्नलेखन गर्नुपर्ने अध्यक्ष केपी शर्मा ओलीको आग्रहमा ऐक्यद्धता पनि जनाए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १३:०१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।