Logo

अर्थ

छक्का हानेर बाहिर पठाउने ओलीको ह्वीप सबैले मान्ने कुरा छैन : देवेन्द्र पौडेल



काठमाडौं । नेकपा माओवादी देवेन्द्र पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको हावादारी ह्वीप संसदमा सबै दलले नमान्ने स्पष्ट पारेका छन् । आइतबार नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले बजेट पुर्नलेखन गर्नुपर्ने भन्दै कुनै पनि दलले सर्थन गर्न नहुने बताएका थिए ।

सोमबारको बैठकमा सांसद पौडेलले ओलीको त्यस अभिव्यक्तिलाई लिएर भने, ‘छक्का हानेर बाहिर पर्याउने कुरा पनि सुनियो । तर उहाँ (ओली)को यो ह्वीप सबैले मान्ने कुरा छैन । बहसका लागि बहस होइन । यथार्थमा टेकेर कुरा गर्नुपर्छ ।’

सांसद पौडेलले नीति तथा कार्ययक्रम अहिलेको बिग्रँदो प्रणाली, परिस्थिति र अवस्थालाई सुझबुझपूर्वक समेटेर ल्याएको भन्दै यसलाई पारित गर्नुको विकल्न नरहेको बताए । ‘अहिलेको बिग्रँदो प्रणालीलाई, पस्थिति र अवस्थालाई सुझबुझपूर्वक समेटेर ल्याइएको नीति कार्ययक्रम हो’, उनले भने, ‘हावादारी कुरा गरेर मात्र हुँदैन । अहिलेको आर्थिक अवस्थाले धान्ने प्रकृतिको बजेटको अवाश्यकता छ । त्यो प्रकृतिको नीति कार्यक्रमको आवश्यकता छ । अहिलेको सरकारले त्यही प्रकारको कार्यक्रमलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याएको हुँदा सापेक्षित रुपमा यो अहिलेको पिपस्थितिलाई सम्बोधन गर्ने प्रकृतिको रहेको छ । त्यसकारण यसलाई दृढतापूर्वक समर्थन गर्न चाहन्छु ।’

उनले एकअर्कालाई कटाक्ष गर्नुभन्दा देशको गम्भीर पस्थितिलाई सम्हाले सँगै अगाडि बढ्नुपर्ने बताएका छन् । ‘राज्य निर्माण गर्ने साझा दायित्व र प्रतिवद्धताहरुलाई समाजवाद उन्मुख राज्यप्रणाली ल्याइनेछ भन्ने कुरालाई हामीले जनआन्दोलन र जनयुद्ध लडेर ल्याएको यो प्रणालीलाई जोगाएर समाजउन्मुख राज्य प्रणालीमा पुर्याउन धेरै कुरा गर्न बाँकी छ’, उनले भने, ‘यसका लागि साझा संकल्प जरुरी छ । देशका समस्या र मुद्दामा एक भएर जान जरुरी छ ।’

 

  • याे पनि…

यस्तो नीति–कार्यक्रमलाई छक्का हानेर ‘रिङआउट’ गरिदिनुपर्छ : ओली

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १३:२४   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।