Logo

अर्थ

राजेन्द्र लिङ्देनले सरकारलाई भने– ‘नीति तथा कार्यक्रम पुर्नलेखन गर्न अफ्ठयारो मान्नु पर्दैन’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नीति तथा कार्यक्रम पुर्नलेखन गर्नुपर्ने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अहिलेको सरकारले ल्याएको नीति तथा कार्यक्रम धेरेजसो विषयमा अस्पष्ट रहेको भन्दै पुर्नलेखन गर्नुपर्ने मत जाहेर गरे ।

‘नीति तथा कार्यक्रमले आगामी संकटलाई कसरी सामना गरेर अगाडि जाने भन्ने संकल्प गरेको छैन । यो कुरा आउनुपर्ने थिया । तर सामान्य अवस्थामा आएको जस्तो अहिलेको नीति तथा कार्यक्रम आएको छ । यो यो धेरै कुरामा अस्पष्ट छ । समस्या पहिचान गर्न सकेको छैन भने प्राथमिकता प्रष्ट पार्न सकेको छैन’, लिङदेनले भनेका छन् ।

उनले सरकारसँग बहुमत रहेकाले ताली ठोकेर अहिले यसलाई पारित गरिएपनि यसको असर आगामी सन्ततीसम्म पुग्ने बताएका छन् । ‘सरकारसँग बहुमत छ, ताली ठोकेर पास गर्नु पाउनुहुन्छ’, लिङ्देनले भनेका छन्, ‘तर देश तपाईँको मात्र होइन । देश विग्रँदा सरकारमा सबस्नेको मात्र विग्रँदैन । हाम्रो र भावी सन्ततीको देश पनि विग्रन्छ । त्यसैले यसलाई फेरि लेखेर ल्याउन अफ्ठयारो मान्नु पर्दैन । पुर्नलेखन गर्न जरुरी छ ।’

अहिलेको अवस्थालाई यो नीति तथा कार्यक्रमले सम्बोधन नगरेको भन्दै प्रश्न गरे, ‘कुन नयाँ चिज आयो ?’

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १३:३३   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।