काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डोलप्रसाद अर्यालले रोस्टममा उभिएर खाली कुर्सीहरुलाई हेर्दा रोस्टमकै अपमान भए जस्तो अनुभूति भएको बताएका छन् । प्रतिनिधिसभामा सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले संसदका २७५ सांसदै उपस्थित गराउने वातावरण बनाउनुपर्ने बताए ।
‘सरकारले प्रस्तुत गरेको २०८०÷०८१ लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम आफ्नो केही प्रतिक्रिया र सुझाव लिएर उभिएको छु । सदनका खाली कुर्सीहरुलाई हेर्दा आफूपनि रोस्टममा आएर बोलिरहनु रोस्टमकै अपमान गरे जस्तो लाग्छ’, अर्यालले भने, ‘बरु घरमै बसेर ऐनामा हेर्दै बोलेर पेनड्राइपमा रेकर्ड गरेर सचिवालयमा बुझाए हुने हो कि भन्ने जस्तो लाग्छ ।’




















प्रतिक्रिया