काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् ।
सोमबार बसेको जसपा संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत रूपमा चयन गरेको यादवका स्वकीय सचिव महेश चौरासियाले जानकारी दिए ।
बारा क्षेत्र नं २ बाट जसपाका तर्फबाट निर्वाचित सांसद रामसहाय प्रसाद यादव उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा गत वैशाख १० गते भएको उपनिर्वाचनबाट निर्वाचित भएका हुन् । प्रतिनिधिसभामा जसपाका १२ जना सांसद छन् ।




















प्रतिक्रिया